मानव बेचविखन मुद्दामा वडाध्यक्ष पक्राउ

हिमाल प्रेस २९ वैशाख २०८३ ७:०१ | Tuesday, May 12, 2026
26
SHARES
मानव बेचविखन मुद्दामा वडाध्यक्ष पक्राउ

स्याङ्जा- मानव बेचविखन मुद्दामा पुतलीबजार नगरपालिका वडा –४ का अध्यक्ष शिवबहादुर थापालटाई प्रहरीले पक्राउ गरेको छ। पीडितको उजुरी पश्चात मानव बेचविखन तथा अनुसन्धान ब्युरोको टोलीले सोमबार कास्कीबाट थापालाई पक्राउ गरेको हो।

ब्युरोका प्रहरी उपरीक्षक राजन लिम्बुले थापा पक्राउ परेको पुष्टि गर्दै अब अनुसन्धनन अघि बढ्ने बताए। २०७९ को स्थानीय तह निर्वाचनमा थापाले नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए। निर्वाचित भएपश्चात १५ महिना जिम्मेवारीमा काम गरे पनि २०८० भदौ १५ गते स्वास्थ्य उपचारका लागि भन्दै वडा सदस्य लिलावती पौडेललाई कार्यवाहकको जिम्मेवारी दिएर हराएका थिए।

थापा दुई महिना पहिला मात्र नेपाल फर्किएका थिए। अमेरिका रहेको बेलामा नगरपालिकाले २०८० भदौ देखि २०८१ असार महिनासम्मको सेवा सुविधा दुई लाख ७६ हजार १९० रुपियाँ भुक्तानी गरेको थियो।

प्रकाशित: २९ वैशाख २०८३ ७:०१ | Tuesday, May 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 + twenty =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast