पूर्वराजा ज्ञानेन्द्रले तीन सातासम्म के गर्नेछन् पोखरामा?

हिमाल प्रेस ११ वैशाख २०८३ १६:०० | Friday, April 24, 2026
14
SHARES
पूर्वराजा ज्ञानेन्द्रले तीन सातासम्म के गर्नेछन् पोखरामा? पोखरामा शुक्रबार शुभचिन्तकका साथ पूर्वराजा ज्ञानेन्द्र।

पोखरा- पूर्वराजा ज्ञानेन्द्र शाह र पत्नी कोमल शाह राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापनाकै दिन पारेर पोखरा भ्रमणमा आएका छन्। शाह दम्पतीलाई शुक्रबार पोखरा–१४, चाउथेस्थित पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको थियो। पोखरा विमानस्थलमा बाजागाजा, फूलसहित पुगेका शुभचिन्तकले उनीहरुलाई स्वागत गरेका थिए। सो अवसरमा पूर्व राजा ज्ञानेन्द्रले केहीसँग सामान्य भलाकुसारीसमेत गरेका थिए।

पूर्वराजाको स्वागत तथा भ्रमण व्यवस्थापन समितिका एक सदस्य राप्रपा केन्द्रीय सदस्य अरुण गिरीका अनुसार पूर्वराजा दम्पती पोखरामा कम्तीमा तीन सातासम्म रहने भएका छन्। उनीहरू पोखराको प्रमुख पर्यटकीयस्थल लेकसाइडस्थित होटल सोल्टीमा रहनेछन्।

पोखरा बसाइका क्रममा विभिन्न कार्यक्रममा सहभागी हुनुका साथै आफ्ना शुभेच्छुकसँग भेटघाट गर्ने कार्यक्रम छ। व्यक्तिगत भ्रमण भनिए पनि पछिल्लो समय पूर्वराजाको जिल्ला भ्रमण र त्यहाँ हुने नागरिक अभिनन्दनलाई अर्थपूर्ण रूपमा हेर्ने गरिएको छ।

पूर्वराजा शाहको पोखरा बसाइका क्रममा हुने अन्य कार्यक्रमबारे भने सचिवालयले केही खुलाएको छैन।

गत वर्ष पनि पूर्वराजा म्पती पोखरामा बसेर विभिन्न व्यक्तिसँग भेटघाट र यहाँका प्रसिद्ध मन्दिरको पूजाआजा गरेका थिए। पोखरा बसाइ सकेर काठमाडौं फर्किंदा राजावादीहरुले स्वागतसहित ठूलो शक्ति प्रदर्शन गरेका थिए।

नेपालमा २० वर्षअघि आजकै दिन राजतन्त्र अन्त्य भई लोकतन्त्र स्थापना भएको थियो।

प्रकाशित: ११ वैशाख २०८३ १६:०० | Friday, April 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − twelve =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast