जसले तस्बिरमार्फत् गुल्मी चिनाइरहेछन्

हिमाल प्रेस १७ वैशाख २०८३ १५:५३ | Thursday, April 30, 2026
4
SHARES
जसले तस्बिरमार्फत् गुल्मी चिनाइरहेछन्

तम्घास (गुल्मी)- सदरमुकाम तम्घासमा यही वैशाख ११ देखि गुल्मी महोत्सव सञ्चालन भइरहेको छ। महोत्सवमा सबैजसो स्टल व्यापारिक अर्थात् नाफामूलक प्रयोजनका छन्। तर सोही महोत्सवमा एक युवा, जसले फोटोमार्फत गुल्मी चिनाइरहेका छन्।

गुल्मीदरबार गाउँपालिकाको चारपाला निवासी दिनेश बस्नेत सानैदेखि फोटोग्राफीमा रुचि राख्थे। उनले जिल्लाका धेरै धार्मिक तथा पर्यटकीय स्थलको तस्बिर खिचेका छन्। उनले खिचेका तस्बिर महोत्सवमा प्रदर्शनीका लागि राखेका हुन्।

उनले महोत्सवको मञ्च अगाडि जिल्लाका विभिन्न स्थानका २० तस्बिर प्रदर्शनीमा राखेका छन्। जसमा गुल्मीको नामकरण भएको गुल्मी चारपाला दरबार, जिल्लाको प्रमुख पर्यटकीयस्थल रेसुंगा यज्ञशाला, रेसुंगा टावर, रेसुंगा महापोखरी, रेसुंगाबाट देखिने हिमाल, भुवाने पार्क, तम्घास बजार, विभिन्न ठाउँबाट देखिने हिमशृङ्खला, चराचुरुंगीलगायतका तस्बिर छन्।

सुरुसुरुमा उनले खिचेका तस्बिर राष्ट्रियस्तरका मिडियामा समेत आइरहेका थिए। त्यो देख्दा फोटोग्राफीमा रुचि बढ्न थालेको र थप तस्बिर खिच्न थालेको उनले बताए। अन्ततः उनका साथी बर्दघाटका राज अधिकारीले महोत्सवमा फोटो प्रदर्शनी गर्ने सल्लाह दिएको उनी बताउँछन्।   -रासस

प्रकाशित: १७ वैशाख २०८३ १५:५३ | Thursday, April 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − nine =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast