जेनजी आन्दोलनमा रौतहटबाट भागेका कैदी पोखरामा पक्राउ

हिमाल प्रेस ४ वैशाख २०८३ १५:१५ | Friday, April 17, 2026
6
SHARES
जेनजी आन्दोलनमा रौतहटबाट भागेका कैदी पोखरामा पक्राउ

काठमाडौँ– भदौ २४ गतेको ‘जेनजी’ आन्दोलनका क्रममा रौतहट कारागारबाट भागेका कैदी ३० वर्षीय केदार परियारलाई कास्की प्रहरीले पोखराबाट पक्राउ गरेको छ।

हाडनाता जर्बजस्ती करणी मुद्दामा रौतहट जिल्ला अदालतबाट २५ वर्ष कैद सजाय पाएका परियारलाई पोखराको पृथ्वीचोकबाट पक्राउ गरी बिहीबार कास्की कारागार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

रौतहटको डुमरिया गाउँपालिका–१० का परियारले अझै १८ वर्ष चार महिना कैद सजाय भुक्तान गर्न बाँकी रहेको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिए।

फरार कैदी परियारलाई वडा प्रहरी कार्यालय बैदाम, पोखराबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको उनले बताए।

प्रकाशित: ४ वैशाख २०८३ १५:१५ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twelve + 11 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast