काठमाडौँ उपमेयर अन्तरपालिका एकायन कराँते हुने

हिमाल प्रेस १५ वैशाख २०८३ १९:५३ | Tuesday, April 28, 2026
2
SHARE
काठमाडौँ उपमेयर अन्तरपालिका एकायन कराँते हुने

काठमाडौँ- दोस्रो काठमाडौँ महनगरपालिका उपमेयर कप उपत्यकाव्यापी अन्तरपालिका एकायन कराँते प्रतियोगिता २०८३ हुने भएको छ। नेपाल एकायन कराँते संघले काठमाडौँ महानगरपाकिासँगको सहकार्यमा यही वैशाख १८ र १९ गते खुसिबुँस्थित बहुउद्देशीय मार्शल आर्ट्स केन्द्रको कभर्ड हलमा प्रतियोगिता गर्नेछ।

प्रतियोगितामा महिलातर्फ ६ तथा पुरुषतर्फ आठ गरी कुल १४ तौल समूह रहेका छन्। नेपाल एकायन कराँते संघका संस्थापक अध्यक्ष श्रीकृष्ण डंगोलले यस प्रतियोगितामा काठमाडौँ महानगरपालिाकभित्र सञ्चालित नेपाल एकायन कराँते संघका विभिन्न शाखा तथा विद्यालय प्रशिक्षण केन्द्रहरुका खेलाडीले सहभागिता जनाउने जानकारी दिए।

उनका अनुसार १९० खेलाडीले प्रतियोगितामा सहभागिता जनाउनेछन्। यसै गरी दक्षिण एसियाली एकायनका उपाध्यक्ष शशि कपालीले विगतमा विभिन्न राष्ट्रियलगायत एसियाली एकायन कराँते, दक्षिण एसियाली एकायन र इन्डो–नेपाल एकायन प्रतियोगिता सम्पन्न गरिसकिएको जानकारी दिए।

प्रकाशित: १५ वैशाख २०८३ १९:५३ | Tuesday, April 28, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + 14 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast