रुकुमपश्चिममा जिप दुर्घटना,१२ घाइते

हिमाल प्रेस १६ वैशाख २०८३ ७:४२ | Wednesday, April 29, 2026
4
SHARES
रुकुमपश्चिममा जिप दुर्घटना,१२ घाइते

काठमाडौँ- रुकुमपश्चिमको आठबिसकोट नगरपालिकामा मंगलबार साँझ भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन्। आठबिसकोट–९ राडी बजारबाट मैडाँडा जाँदै गरेको ग १ च ५२१३ नम्बरको जिप वडा नम्बर ९ को सुन्दरपानीस्थित भित्री सडक खण्डमा दुर्घटना भएको प्रहरीको भनाइ छ।

सडकको भित्तामा ठोक्किएर जिप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रुकुमपश्चिमका सूचना अधिकारी प्रहरी निरीक्षक झविन्द्र परियारले जानकारी दिए। उनका अनुसार दुर्घटनापछि चालक सानीभेरि गाउँपालिका–४ का २६ वर्षीय नरेन्द्र विक फरार छन् । उनीको खोजी जारी छ।

घाइतेहरूको नगर अस्पताल राडीमा उपचार भइरहेको छ।

घाइते हुनेहरूमा आठबिसकोट नगरपालिका–१० की ४५ वर्षीया जसि दमाई, वडा नम्बर ८ का १६ वर्षीय भूपेन्द्र सत्याल, सोही ठाउँका २३ वर्षीय महेन्द्र गैरे, वडा नम्बर १० की ५९ वर्षीया धनकुमारी सार्की, वडा नम्बर ८ की २६ वर्षीया नन्दकली पुन र सोही वडाका २५ वर्षीय पूर्णबहादुर सार्की छन्।

आठबिसकोट नगरपालिका–९ की ३५ वर्षीया सुशीला नेपाली, वडा नम्बर ८ का ११ वर्षीय ओमप्रकाश घर्ती, वडा नम्बर १० की ६२ वर्षीया कैली नेपाली, वडा नम्बर ८ की ६० वर्षीया मीना घर्ती, सोही वडाका ६१ वर्षीय मनबहादुर बस्याल र वडा नम्बर १० की १७ बर्षीया सीता विक पनि घाइते भएका छन्।

घाइतेमध्ये जसि, भूपेन्द्र र महेन्द्रको अवस्था जटिल रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमले जनाएको छ। रासस

प्रकाशित: १६ वैशाख २०८३ ७:४२ | Wednesday, April 29, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eleven − 6 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast