कांग्रेसको अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई गर्ला कारबाही?

हिमाल प्रेस ७ वैशाख २०८३ ८:२९ | Monday, April 20, 2026
18
SHARES
कांग्रेसको अनुशासन समितिको बैठक बस्दै, पूर्णबहादुरलाई गर्ला कारबाही? फाइल तस्बिर

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक आज बस्दैछ। बैठक दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। समितिका सचिव दिनेश थापा मगरले सूचना जारी गरी बैठकबारे जानकारी दिएका हुन्। उनका अनुसार बैठकमा विभिन्न नेताहरुविरुद्ध प्राप्त उजुरीहरुबारे छलफल हुने छ।

विशेष महाधिवेशनबाट गगन थापा नेतृत्वको नयाँ कार्यसमिति चयन भइसक्दा पनि त्यसको विपक्षमा रहेका शेरबहादुर देउवा पक्षका केही नेताहरुविरुद्ध उजुरी रहेको स्रोत बताउँछ। यसअघि जेनजी आन्दोलनमा दमन गरेको आरोपमा पूर्वप्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवम् कांग्रेस नेता रमेश लेखक पक्राउ परेको विरोधमा पूर्णबहादुर खड्काले कार्यवाहक सभापतिको रुपमा विज्ञप्ति जारी गरेका थिए। लगत्तै कांग्रेसले खड्कासँग सात दिने स्पष्टीकरण सोधेको थियो।

उनले कांग्रेसको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा स्पष्टीकरण नदिने अडान लिएका थिए। सर्वोच्च अदालतले ४ वैशाखमा निर्वाचन आयोगको निर्णय सदर गर्दै कांग्रेसमा गगन थापाको नेतृत्व नै आधिकारिक भएको निर्णय गरिसकेको छ।

 

प्रकाशित: ७ वैशाख २०८३ ८:२९ | Monday, April 20, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast