दाङ- तुलसीपुर उपमहानगरपालिका-१६, जहदागाउँस्थित इँटाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर आज (आइतबार) एक जना मजदुरको मृत्यु भएको छ भने अन्य एक जना गम्भीर घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरिक्षक रेशम बोहराका अनुसार स्थानीय सेवा इँटाभट्टाको पर्खाल भत्किँदा त्यसमा च्यापिएर भारतको बहराइच जिल्लाका ३० वर्षीय तीर्थराम पासवानको मत्यु भएको हो।
पर्खालमा च्यापिएर सोही स्थानका ३६ वर्षीय देशराज पासवान गम्भीर घाइते रुपमा घाइते भएका छन्। दाङमा प्राथमिक उपचार गरेर उहाँलाई कोहलपुर शिक्षण अस्पताल पठाइएको छ।
प्रकाशित: २९ चैत २०८२ १४:५८ | Sunday, April 12, 2026
प्रतिक्रिया




