फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु

हिमाल प्रेस ४ वैशाख २०८३ १६:१६ | Friday, April 17, 2026
10
SHARES
फिलिपिन्समा गोली हानाहान, १० जनाको मृत्यु सांकेतिक तस्बिर।

काठमाडौँ- फिलिपिन्सको दक्षिणी क्षेत्रमा सुरक्षा बल र सशस्त्र इस्लामवादी समूहबीच भएको गोली हानहानमा १० जनाको मृत्यु भएको छ।

प्रहरी र सेनाको संयुक्त टोलीले शंकास्पद ‘आतंकवादी’हरूलाई पक्राउ गर्ने प्रयास गर्दा दोहोरो भिडन्त भएको थियो। मुख्यतया मुस्लिम बाहुल्य रहेको क्षेत्रमा भएको गोलीबारी झन्डै एक घन्टासम्म चलेको क्षेत्रीय प्रहरीले जनाएको छ।

भिडन्तमा मौटे–दौला इस्लामिया नामक सशस्त्र समूहका नेता ओमरोल मङ्गोरान्का समेत रहेको बताइएको छ। सुरक्षा निकायका अनुसार यो कारबाहीमा सुरक्षाकर्मीतर्फ कुनै हाताहात भएको छैन।

सेनाले घटनास्थलबाट ठूलो परिमाणमा स्वचालित हतियार, बन्दुक र विस्फोटक पदार्थहरू बरामद गरेको छ।

प्रकाशित: ४ वैशाख २०८३ १६:१६ | Friday, April 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

16 − 15 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast