ओखलढुंगाको एक केन्द्रमा सामूहिकरूपमा मतदान बहिष्कार

हिमाल प्रेस २१ फागुन २०८२ १०:३९ | Thursday, March 5, 2026
8
SHARES
ओखलढुंगाको एक केन्द्रमा सामूहिकरूपमा मतदान बहिष्कार तस्बिर : एआई

काठमाडौँ- ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका वडा नं ७ मा अस्पताल नबनेको आक्रोशमा स्थानीय बासिन्दाहरूले मतदान बहिष्कार गरेका छन्। प्रादेशिक अस्पताल निर्माणको माग सम्बोधन नभएको भन्दै आक्रोशित स्थानीयले सामूहिक रूपमा मतदान प्रक्रियामा सहभागी नभएको ओखलढुंगाका प्रमुख जिल्ला अधिकारी मेखबहादुर मंग्रातीले हिमाल प्रेसलाई जानकारी दिए। उनले भने,’अहिले साँढे १० बजेसम्म मतदान भएको छैन।’

प्रमुख जिल्ला अधिकारीका अनुसार उक्त वडामा रहेको एक मतदान केन्द्रमा रहेका कुल ७०१ जना मतदातामध्ये अहिलेसम्म कसैले पनि मत खसालेका छैनन्। स्थानीयले पहिले नै प्रदेश सरकारलाई अस्पताल बनाउने प्रयोजनका लागि १६५ रोपनीभन्दा बढी जग्गा उपलब्ध गराएका थिए।

तर, जग्गा सरकारको नाममा गइसके पनि लामो समयसम्म अस्पताल भवन निर्माणको कुनै पनि प्रक्रिया अगाडि नबढेपछि स्थानीयले यसपटक विरोध स्वरूप भोट नहाल्ने निर्णय लिएका हुन्।

प्रकाशित: २१ फागुन २०८२ १०:३९ | Thursday, March 5, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

5 × one =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast