एमालेले टुंग्यायो समानुपातिक सांसदहरूको नाम (नामावलीसहित)

हिमाल प्रेस ३० फागुन २०८२ १५:१२ | Saturday, March 14, 2026
38
SHARES
एमालेले टुंग्यायो समानुपातिक सांसदहरूको नाम (नामावलीसहित)

काठमाडौँ- नेकपा एमालेले प्रतिनिधिसभातर्फका समानुपातिक सांसदहरूको नामावली टुंगो लगाएको छ।

एमाले अध्यक्ष केपी शर्मा ओलीको गुन्डुस्थित निवासमा शनिबार बसेको सचिवालय बैठकले समानाुपातिकतर्फका सांसदहरूको नाम टुंगो लगाएको हो।

बैठकले समावशी सिद्धान्तअनुसार विभिन्न समूहबाट सांसद चयन गरेको एमाले सचिव महेश बस्नेतले जानकारी दिए।

फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा एमालेले समानुपातिकतर्फ १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको छ। जसका आधारमा एमालेको हिस्सामा समानुपातिकतर्फ १६ सांसद परेका छन्।
एमाले सचिवालय बैठकले प्रतिनिधिसभामा समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्ने १६ जना सांसदहरूको नाम टुंगो लगाएको हो।

यी हुन् एमालेले टुंगो लगाएका सांसदहरू :

जनजाति (४ जना)
महिला :
• भूमिका सुब्बा
• गंगादेवी श्रेष्ठ
पुरुष :
• रामबहादुर थापा मगर
• कुलभक्त शाक्य
खस आर्य (५ जना)
महिला :
• पद्मा अर्याल
• टुकाभद्रा हमाल
• एशुदा कुमारी बराल (पिछडिएको क्षेत्र)
पुरुष :
• गुरु प्रसाद बराल
• पुष्पराज कंडेल
थारु (१ जना)
• कृपाराम राणा (पुरुष)
दलित (२ जना)
महिला :
• विष्णुमाया वी.के.
• नीता घटानी
मधेसी (३ जना) 
महिला :
• रिङ्ला यादव
• यशोधा कुमारी यादव
पुरुष :
• चन्द्रेश्वर मण्डल (पुरुष)
मुस्लिम
महिला :
• साजिदा सिद्दीकी
प्रकाशित: ३० फागुन २०८२ १५:१२ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

eight + 8 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast