काठमाडौँमा एमालेको प्रदर्शन

हिमाल प्रेस १६ चैत २०८२ १६:३७ | Monday, March 30, 2026
24
SHARES
काठमाडौँमा एमालेको प्रदर्शन

काठमाडौँ- नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गर्दै सोमबार पनि काठमाडौँमा प्रदर्शन गरेको छ।

एमालेका केन्द्रीय नेताका साथै कार्यकर्ताहरुले अध्यक्ष ओलीको रिहाईको माग गर्दै काठमाडौँको माइतिघरदेखि बानेश्वरसम्म प्रदर्शन गरेका हुन्।

उनीहरुले ‘विनासर्त केपी ओलीको रिहाई गर, जाँचबुझ आयोगको प्रतिवेदन मान्दैनौँ, गृहमन्त्री राजीनामा दे’ लगायतका नाराबाजी गरेका थिए।

प्रदर्शनमा एमाले नेताहरु राजन भट्टराई, शेरधन राई, पार्वत गुरुङ, विशाल भट्टराईलगायत सहभागी थिए।

उनीहरुले अध्यक्ष ओलीलाई रिहाई नगरेसम्म आन्दोलन जारी रहने जनाएका छन्।

प्रकाशित: १६ चैत २०८२ १६:३७ | Monday, March 30, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nineteen + seventeen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast