तुलसी घिमिरे निर्देशित ‘पहाड’ को टिजर सार्वजनिक

हिमाल प्रेस १ चैत २०८२ १७:५५ | Sunday, March 15, 2026
14
SHARES
तुलसी घिमिरे निर्देशित ‘पहाड’ को टिजर सार्वजनिक

काठमाडौँ- निर्देशक तुलसी घिमिरेको निर्देशनमा बनेको फिल्म ‘पहाड’ को टिजर सार्वजनिक भएको छ। टिजरमा युवा जनशक्ति विदेश पलायन हुँदा खाली भएका पहाड र यसले ल्याउने सामाजिक र आर्थिक समस्यालाई चित्रण गरिएको छ।

पुर्खाले जीवन समर्पण गरेको पहाड अहिले उजाड बनेको निर्देशक घिमिरेले बताए। ‘पहाड एकदमै सुन्दर ठाउँ हो, त्यसलाई सुन्दर बनाउन हाम्रा पूर्खाले जीवन समर्पण गरेका छन्’ उनले भने, ‘तर, पछिल्लो समय त्यही पहाड उजाड बनेको छ, युवा पलयान भएका छन्, रोजगारीका लागि बसाई सरेका छन्। यसलाई जोडेर नै फिल्मको कथा तयार गरेका छौँ।’

फिल्म आगामी वर्ष २०८३ वैशाख १ मा प्रदर्शन हुनेछ। फिल्ममा मदनकृष्ण श्रेष्ठ, शिव श्रेष्ठ, सुनिल थापा, विपीन कार्की, रेनुनाथ योगी, अरुण क्षेत्री, रवीन्द्रसिंह बानियाँ, उमा गिरीलगायत कलाकारले अभिनय गरेका छन्।

निर्देशक घिमिरेले कान्छी छोरी पञ्चमी घिमिरेलाई यसै फिल्ममार्फत अभिनयमा डेब्यु गरेकी छन्। प्रमोद प्रधानले छायांकन गरेको फिल्म भाग्यरत्न फिल्म्सको ब्यानरमा बनेको छ।

उत्तम रसाइली प्रस्तुतकर्ता रहेको फिल्ममा सुरेन्द्र लामा थिङ, ओजस्वी केसी, रिम्पोछे लामा थिङ र उमा गिरी निर्माता रहेका छन्।

यस्ताे छ टिजर

प्रकाशित: १ चैत २०८२ १७:५५ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

20 − 10 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast