काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले नवनिर्वाचित सांसदहरूलाई अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्ने भएको छ।
नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूलाई यही चैत ३ र ४ गते काठमाडौँमा अभिमुखीकरण प्रशिक्षण गर्ने योजना रहेको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए।
रास्वपाले सबै सांसदहरूलाई चैत्र ३ गते बिहान ९ बजे काठमाडौँ उपत्यकाको तोकेको स्थानमा पुग्नेगरी तयारी रहन सूचित गरेको छ। रास्वपाले देशभर १८२ सिट जितेर पहिलो दल बनेको छ। रास्वपाले प्रत्यक्षतर्फ १२५ सिट जित्दा समानुपातिकबाट ५७ जना सांसद पाएको छ।
प्रकाशित: २ चैत २०८२ ६:२१ | Monday, March 16, 2026
प्रतिक्रिया





