राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आइतबार वनस्थलीमा बसेको केन्द्रीय सचिवालय बैठकमा सहभागी नेताहरू। तस्बिर सौजन्य : मनिष झा
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय सचिवालय बैठक आइतबार केन्द्रीय कार्यालय वनस्थलीमा सुरु भएको छ।
‘स्वास्थ्य अवस्थाका कारण बैठकमा अनुपस्थित पार्टी सभापति रवि लामिछानेज्यू भर्चुअल तरिकाबाट जोडिनुभएको छ’, प्रवक्ता मनिष झाले भने। बैठकमा उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्लेलगायतका नेता भने केन्द्रीय कार्यालयबाटै सहभागी भएका छन्।
बैठकमा वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) भने देखिएका छैनन्। रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सारेर निर्वाचनमा झन्डै दुईतिहाई बहुमत ल्याएको छ। आइतबारको बैठकमा बालेन अनुपस्थित रहेको विषयमा प्रवक्ता झाले केही बताएनन्।
उनले भने, ‘आजको बैठकले समानुपातिकतर्फबाट उम्मेदवारको अन्तिम नामावली निर्वाचन आयोगलाई बुझाउने निर्णय गर्नेछ।’





