प्रलोपा ललितपुर-२ का उम्मेदवार महर्जनलाई इन्जिनियरिङ क्षेत्रबाट आर्थिक सहयोग

हिमाल प्रेस १७ फागुन २०८२ १०:५५ | Sunday, March 1, 2026
20
SHARES
प्रलोपा ललितपुर-२ का उम्मेदवार महर्जनलाई इन्जिनियरिङ क्षेत्रबाट आर्थिक सहयोग

ललितपुर- प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) का ललितपुर-२ का प्रतिनिधिसभा सदस्य उम्मेदवार ई.कृष्ण महर्जनलाई घरदैलो अभियानका क्रममा आर्थिक सहयोग प्राप्त भएको छ।

शनिबार भएको घरदैलो कार्यक्रममा नेपाल इन्जिनियरिङ समाजका अध्यक्ष न्हसला तुलाधर र महासचिव कृष्ण खनालबाट जनही रु. १० हजारका दरले कुल रु. २० हजार सहयोग प्रदान गरिएको ई.महर्जनले जानकारी दिए।

महर्जनले प्राप्त सहयोगलाई आर्थिक सहयोगभन्दा बढी विश्वास, प्रेरणा र नैतिक समर्थनका रूपमा लिएको बताए। ‘इन्जिनियरिङ क्षेत्रबाट आएको यो साथले मेरो जिम्मेवारी अझ बढाएको महसुस गरेको छु,’ उनले भने।

यो पनि

ललितपुरमा प्रलोपाका तीन उम्मेदवार : कसको कस्ता एजेन्डा?

यस्ता मुद्दा बोकेर ललितपुर-२ मा महर्जन चुनावी मैदानमा

प्रकाशित: १७ फागुन २०८२ १०:५५ | Sunday, March 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast