इटहरी- झापा क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार प्रकाश पाठक विजयी भएका छन्।
निर्वाचनको अन्तिम मतपरिणाम अनुसार रास्वपाका पाठकले ३८ हजार ६७४ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन्।
उनका निकटतम् प्रतिस्पर्धी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत प्राप्त गर्दै पराजित भएका छन्।
यसअघि सो क्षेत्रमा लिङ्देनले कांग्रेसका कृष्णप्रसाद सिटौलालाई पराजित गरी निर्वाचित भएका थिए।
प्रकाशित: २३ फागुन २०८२ १७:५४ | Saturday, March 7, 2026
प्रतिक्रिया





