एनआरएनएको महाधिवेशन सुरू, नयाँ नेतृत्व चयन हुने

हिमाल प्रेस ३० फागुन २०८२ १५:४५ | Saturday, March 14, 2026
16
SHARES
एनआरएनएको महाधिवेशन सुरू, नयाँ नेतृत्व चयन हुने

काठमाडौँ- गैरआवासीय नेपाली संघको १२ औँ विश्व सम्मेलन एवम् एकता महाधिवेशन शनिबारबाट काठमाडौँमा सुरु भएको छ।

सम्मेलनको परराष्ट्रमन्त्री बालानन्द शर्माले उद्घाटन गरे। उद्घाटनका क्रममा मन्त्री शर्माले नेपालको संविधान, योजना तथा अन्य विषयगत कानुनहरूमा गैरआवासीय नेपालीलाई राष्ट्रको समग्र विकासको साझेदारका रूपमा स्वीकार गरिएको स्मरण गरे।

उनले गैरआवासीय नेपालीका लागि अहिले नीतिगत व्यवस्थासँगै आत्मीयता, पारस्परिक विश्वास, साझा संस्कृति र जिम्मेवारीको भावना पनि बढाउँदै लैजानु पर्ने आवश्यकता रहेको धारणा राखे। मन्त्री शर्माले गैरआवासीय नेपाली समुदायसँग रहेको अनुभव, अन्तर्राष्ट्रिय सम्पर्क, सञ्जाल तथा पूँजी नेपालको विकास र रूपान्तरणका लागि महत्वपूर्ण स्रोत भएको र यसले औद्योगिक विकास, प्रविधि हस्तान्तरण तथा रोजगारी सिर्जनामा थप योगदान पु¥याउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।

विश्वका केही क्षेत्रहरूमा देखिएका अस्थिरता र द्वन्द्वले प्रवासमा रहेका नेपालीहरूको सुरक्षाप्रति चिन्ता बढाएको भन्दै उनले त्यस ठाँउमा रहेका नेपाली नागरिकहरूको अवस्थाप्रति स्वाभाविक चासो बढेको बताए। नेपाल सरकारले विदेशमा रहेका नेपाली नागरिकहरूको सुरक्षा, हित र सहायतालाई उच्च प्राथमिकतामा राख्दै आवश्यक समन्वय र समन्वयात्मक कार्यहरू अघि बढाइरहेको उनले जानकारी दिए।

उनले दीर्घकालीन लगानी, उत्साहमुखी, उत्पादनमुखी उद्योग, प्रविधि हस्तान्तरण, नवप्रवर्तन र ज्ञानमा आधारित अर्थतन्त्रको विकासतर्फ विशेष ध्यान केन्द्रित गर्नुपर्ने समय आएकाले सवैबीच सुदृढ सहकार्य आवश्यक रहेको बताए। गैरआवासीय नेपालीहरूलाई नेपालको संविधानले प्रदान गरेको अधिकारको सुनिश्चितताका आवश्यक कानुन सुधार गर्न अन्तर निकाय समन्वय, छलफल र सहजीकरणका कार्य परराष्ट्र मन्त्रालयको नेतृत्वमा भइरहेका उनको भनाइ छ।

चैत्र २ गतेसम्म चल्ने सम्मेलनमा गैरआवासीय नागरिकता, संविधानप्रदत्त आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार, लगानीको विषयलगायतका विभिन्न सत्रमा छलफल हुने संघले जनाएको छ। विश्व सम्मेलन एवम् एकता महाधिवेशनले संघको नयाँ नेतृत्व समेत चयन गर्ने बताइएको छ।

प्रकाशित: ३० फागुन २०८२ १५:४५ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

18 − two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast