काठमाडौँ ५ बाट उठेकी निशा अधिकारीको चुनावी खर्च ७ लाख ७६ हजार, मत ९१

हिमाल प्रेस ३० फागुन २०८२ ७:५६ | Saturday, March 14, 2026
10
SHARES
काठमाडौँ ५ बाट उठेकी निशा अधिकारीको चुनावी खर्च ७ लाख ७६ हजार, मत ९१

काठमाडौँ- अभिनेत्री निशा अधिकारीले प्रतिनिधिसभा चुनाव लड्दाको खर्च र आम्दानी विवरण सार्वजनिक गरेकी छन्। उनले निर्वाचन आयोगमा बुझाएको विवरणअनुसार चुनावमा ७ लाख ७६ हजार ९२१ रूपैयाँ खर्च भएको उल्लेख छ।

विवरणअनुसार सबभन्दा धेरै सामाजिक सञ्जाल विज्ञापन र डिजाइनमा खर्च भएको देखिन्छ। यो शीर्षकमा २ लाख ५० हजार रूपैयाँ खर्च भएको उल्लेख छ। त्यस्तै, स्वयंसेवकको खाजा, खाना, यातायात खर्च र निर्वाचन कार्यक्रम लगायत शीर्षकमा १ लाख २९ हजार ७०७ रूपैयाँ खर्चिएकी छन्। कार्यलय संचालनमा १ लाख १७ हजार रूपैयाँ खर्च भएको उल्लेख गरेकी छन्।

आम्दानीतर्फ पनि ७ लाख ७६ हजार ९२२ रूपैयाँ उल्लेख छ। आफ्नो दल गतिशिल लोकतान्त्रिक पार्टीको तर्फबाट २ लाख, व्यक्तिगत सहयोगहरू २४ जनाबाट प्राप्त ५ लाख ४९ हजार ६७ र उम्मेदवारको तर्फबाट २७ हजार ८८५ रूपैयाँ उल्लेख छ।

निशाले आम्दानी र खर्चको विवरण फेसबुकमा सार्वजनिक गर्दै चुनावी अभियान सञ्चालन गर्दा सकेसम्म कम खर्चिलो, तडकभडक बिना र पारदर्शी हिसाबले अभियान चलाउने प्रयास गरेको बताएकी छन्। उनले काठमाडौँ ५ बाट ९१ मत ल्याएकी छन्। काठमाडौँ ५ मा ३० हजार ७३७ मतसहित रास्वपाका सस्मित पोखरेल विजयी बन्दा अधिकारी नवौँ भइन्।

प्रकाशित: ३० फागुन २०८२ ७:५६ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast