सर्लाहीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

हिमाल प्रेस १ चैत २०८२ ६:२६ | Sunday, March 15, 2026
2
SHARE
सर्लाहीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

सर्लाही- सर्लाहीमा बसले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ। पूर्वपश्चिम राजमार्गमा पर्ने लालबन्दी नगरपालिका १ बागबानीमा शनिबार साँझ साँढे सात बजेतिर दुर्घटना भएको हो।

विराटनगरबाट काठमाडौँतर्फ जाँदै गरेको लु।प-०३-००१ ख ०४३० नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको प्र।२-०३-०१५ प ३३९६ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा ती युवकको मृत्यु भएको प्रहरीले जनाएको छ।

मत्यु हुनेमा पर्साको वीरगञ्ज महानगरपालिका १ छप्कैया घर भई हाल लालबन्दी १ नवलपुर बस्दै आएका करिब ३४ वर्षीय सुनिल महतो रहेका छन्। तीव्र गतिको बसले एउटै दिशामा गुडिरहेको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा महतो गम्भीर घाइते भएका थिए।

उनलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ। दुर्घटनाापछि बस चालक दाङको तुल्सीपुर नगरपालिका ९ घर भएका ३४ वर्र्षीय गणेश बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ।

प्रकाशित: १ चैत २०८२ ६:२६ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

five × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast