विद्यालय निरीक्षकलाई सेवाबाट हटाउन शिक्षा मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना

हिमाल प्रेस १७ चैत २०८२ १०:२७ | Tuesday, March 31, 2026
2.0k
SHARES
विद्यालय निरीक्षकलाई सेवाबाट हटाउन शिक्षा मन्त्रालयले जारी गर्‍यो सार्वजनिक सूचना फाइल तस्बिर

काठमाडौँ- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय निरीक्षक पदमा कार्यरत श्यामला पौडेललाई सेवाबाट हटाउने प्रक्रिया अघि बढाएको छ।

मन्त्रालयले दोस्रो पटक सूचना प्रकाशित गर्दै ३० दिनभित्र स्पष्टीकरण पेस गर्न पौडेललाई निर्देशन दिएको हो।

शिक्षा सुधारका सरकारको कार्यसूची : परीक्षा, विद्यार्थी राजनीति र मूल्यांकन प्रणालीमा विवाद

मन्त्रालयअन्तर्गत शिक्षा तथा मानव स्रोत विकास केन्द्र, सानोठिमी भक्तपुरमा कार्यरत पौडेलले २०७७ साल भदौ ११ गतेसम्म असाधारण बिदा लिएकोमा सो अवधि सकिएपछि पनि ९० दिनभन्दा बढी समयसम्म कार्यालयमा हाजिर नभएको जनाइएको छ।

यसअघि २०८२ पुस १७ गते गोरखापत्र दैनिकमार्फत १५ दिने सूचना जारी गरी स्पष्टीकरण मागिएको थियो। तर तोकिएको समयभित्र कुनै पनि सफाइ वा स्पष्टीकरण पेस नभएपछि मन्त्रालयले पुनः सूचना प्रकाशित गरेको हो।

निजामती सेवा ऐन, २०४९ को दफा ६१ (१) (छ) अनुसार बिनाअनुमति लामो समय अनुपस्थित रहेको आधारमा उनलाई भविष्यमा सरकारी सेवाका लागि अयोग्य नठहरिने गरी सेवाबाट हटाउने प्रक्रिया अघि बढाइएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयले अब ३० दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण पेस नगरेमा प्रचलित कानुनअनुसार सेवाबाट हटाउने निर्णय गरिने चेतावनी दिएको छ।

 

जुम्लामा प्रअ, विव्यस अध्यक्ष र लेखापाल मिलेर छात्रवृत्ति रकम हिनामिना

प्रकाशित: १७ चैत २०८२ १०:२७ | Tuesday, March 31, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast