काठमाडौँ- जेनजी आन्दोलनको विषयको छानबिनका लागि बनेको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै आज जेनजी अभियन्ताहरूले माइतीघरबाट खबरदारी गर्दैछन्।
जेनजी अभियन्ताहरूले एक पोस्टर राखेर आज दिउँसो १ बजे काठमाडौँको माइतीघर मण्डलामा भेला भएर खबरदारी कार्यक्रम गर्ने घोषणा गरेका हुन्। उनीहरूले सामाजिक सन्जालमार्फत पनि ‘कार्की आयोगको पूरा प्रतिवेदन खोइ’ भनेर खबरदारी गरिरहेका छन्। आज भौतिकरूपमा पनि खबरदारी गर्ने जेनजी अभियन्ता जस्मिन ओझाले जानकारी दिइन्।
सरकारले ५ असोजमा पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा जाँचबुझ आयोग गठन गरेको थियो । आयोगले २४ फागुनमा सरकारलाई प्रतिवेदन बुझाइसकेको छ ।
प्रकाशित: १ चैत २०८२ ७:४६ | Sunday, March 15, 2026
प्रतिक्रिया





