महावीर पुन भन्छन् : सुशीला कार्कीलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ

हिमाल प्रेस २५ फागुन २०८२ ६:५५ | Monday, March 9, 2026
24
SHARES
महावीर पुन भन्छन् : सुशीला कार्कीलाई राष्ट्रपतिमा प्रस्ताव गरौँ शिक्षामन्त्री महावीर पुन

काठमाडौँ- प्रतिनिधिसभा सदस्यमा नवनिर्वाचित महावीर पुनले अन्तरिम सरकार प्रमुख सुशीला कार्कीलाई आगामी नयाँ राष्ट्रपतिका रूपमा प्रस्ताव गरेका छन्। आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक भिडियो सन्देश जारी गर्दै उनले कार्कीलाई राष्ट्रपतिमा मनोनयन गर्न उपयुक्त हुने धारणा सार्वजनिक गरेका हुन्।

हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनको मतगणना भइरहेको र राष्ट्रिय स्वतन्त्र पार्टीले अत्यधिक मत प्राप्त गरिरहेको सन्दर्भ जोड्दै पुनले यस्तो प्रस्ताव अघि सारेका हुन्। वर्तमान राष्ट्रपतिको कार्यकाल सकिएपछि रिक्त हुने पदमा कार्कीलाई ल्याउनुपर्ने उनको भनाई छ।

पुनले भनेका छन्, ‘देश अस्तव्यस्त र सङ्कटपूर्ण अवस्थामा रहेको बेला उहाँले कुशल नेतृत्व सम्हाल्नुभएको थियो । धेरैले आशंका गरे पनि उहाँले सफलतापूर्वक निर्वाचन गराएर देखाउनुभयो। उहाँको त्यस्तो साहस र नेतृत्वलाई कदर गर्दै अब राष्ट्रपति पदमा उहाँजस्तो योग्य व्यक्तिलाई मनोनयन गर्नु उचित हुन्छ।’

 

प्रकाशित: २५ फागुन २०८२ ६:५५ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seventeen − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast