एमाले नेतृत्व परिवर्तनबारे नेताहरूको धारणा व्यक्तिगत मात्रै : रामकुमारी झाँक्री

हिमाल प्रेस २५ फागुन २०८२ १५:१४ | Monday, March 9, 2026
12
SHARES
एमाले नेतृत्व परिवर्तनबारे नेताहरूको धारणा व्यक्तिगत मात्रै : रामकुमारी झाँक्री

काठमाडौँ- हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा एमालेको सर्मनाक पराजयपछि नेताहरूले नेतृत्व परिवर्तनकै कुरा गरेपछि एमालेकी नेतृ रामकुमारी झाँक्रीले निर्वाचन समीक्षा पार्टीभित्र हुनुपर्ने बताएकी छन्। आज राष्ट्रियसभा सदस्य पदको शपथ लिएपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले नीति र नेतृत्व परिवर्तनबारे बहस पार्टीभित्रै गर्नुपर्ने बताइन्।

उनले भनिन्, ‘यी सबै विषयहरू आन्तरिक मामला हुन्। यसलाई सडकको विषय बनाउनु हतार हुन्छ। समयभन्दा अगाडि गरिएका समीक्षा गर्न बाँकी नै छ। भर्खरै मतगणनाका प्रारम्भिक भन्दा पनि अब त सामान्यतया सबै परिणामहरू आउँदै छ। यसपछि पार्टीका तहगत कमिटीका बैठकहरू बस्छन्। त्यही बैठकमा यसका एजेन्डा हुन्छन् र एजेन्डा बनाएर छलफल हुने नै छ।’

उनले नेतृत्व परिवर्तनबारे नेताहरूले राखेको धारणा व्यक्तिगत मात्रै भएको बताइन्। उनले थपिन्,‘व्यक्तिगत विचारहरू आफ्नो फेसबुक स्टाटसमा, सोसल मिडियामार्फत, भर्चुअल प्लेटफर्ममार्फत, कतिपय मिडियामार्फत सबैले व्यक्तिहरूले आफ्ना विचारहरू दिनुभएको होला। जुन धारणाहरू बैठकमा गएर पार्टीले आधिकारिकता ग्रहण गर्दैन, त्यति बेलासम्म सबैले राखेका धारणाहरू व्यक्तिगत हुन्।’

चुनावमा एमालेको सर्मनाक पराजयपछि योगेशले भने- हामी मरेका होइनौं

प्रकाशित: २५ फागुन २०८२ १५:१४ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

19 − eleven =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast