इटहरी- मोरङ-२ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कृष्ण कार्की प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।
कार्कीले ४० हजार ९ सय २४ मत प्राप्त गर्दै निर्वाचित भएका हुन्।
निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका उम्मेदवार दिलीपकुमार बगडियाले १५ हजार ६ सय २४ मत मात्रै प्राप्त गरे।
उनीहरूबीचको मतान्तर २५ हजार ३ सय बढी रहेको छ।
यसैगरी कांग्रेसका डा.मिनेन्द्र रिजालले १२ हजार ६ सय ६४ मत मात्र प्राप्त गरे।
प्रकाशित: २३ फागुन २०८२ १८:०५ | Saturday, March 7, 2026
प्रतिक्रिया





