सहकारी ‌संस्थाहरूलाई काठमाडौँ महानगरले भन्यो : विदेशीसँगको आर्थिक कारोबार तत्काल बन्द गर्नू

हिमाल प्रेस २५ फागुन २०८२ १५:४८ | Monday, March 9, 2026
30
SHARES
सहकारी ‌संस्थाहरूलाई काठमाडौँ महानगरले भन्यो : विदेशीसँगको आर्थिक कारोबार तत्काल बन्द गर्नू

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले गैरनेपाली नागरिकसँग आर्थिक कारोबार नगर्न सहकारी संस्थालाई आग्रह गरेको छ। महानगरले केही सहकारीहरूले विदेशी नागरिकलाई सहकारी संस्थाको सदस्य बनाई आर्थिक कारोबार गर्ने गरेको गुनासो आएको भन्दै कामपाले उक्त कार्य तत्काल बन्द गर्न सबै सहकारी संस्थालाई आग्रह गरेको हो।

कामपा सहकारी विभागका प्रमुख धुव्रकुमार काफ्लेका अनुसार गैरनेपाली नागरिकलाई कुनै पनि सहकारी सदस्य बनाउने कार्य कानुन विपरीत रहेको भन्दै नियमसँग गर्न कारोबार गर्न सहकारीलाई आग्रह गरेको हो।

कामपाको आग्रहलाई व्यवास्था गरे प्रचलित कानुनबमोजिम कारबाही गर्ने कामपाको तयारी रहेको छ। सहकारी ऐन, २०७४ दफा ३० र काठमाडौँ महानगरपालिका सहकारी ऐन, २०७४ को दफा २० मा सहकारी संस्थामा नेपाली नागरिक मात्र सदस्य हुन सक्ने स्पष्ट व्यवस्था रहेको पनि काफ्लेले जानकारी दिए।

त्यसै गरी, सहकारी ऐन २०७४ को दफा ५० तथा काठमाडौँ महानगरपालिकाको सहकारी ऐन, २०७४ को दफा ३९ मा सहकारी संस्थाहरूले सदस्य केन्द्रित भई बचत तथा ऋण कारोबार सञ्चालन गर्नुपर्ने स्पष्ट व्यवस्था रहेको छ।

काफ्लेले लामो समयदेखि साधारणसभा प्रतिवेदन नबुझाएका सहकारीलाई खारेजीको प्रक्रियामा नलाने पनि बताए। यसरी प्रक्रियामानै नआएका सहकारीलाई खारेजीमा लैजाँदा बचतकर्ताको रकम हिनामिना हुने भएकाले महानगरले पहिले प्रतिवेदन त्यसपछि मात्रै खारेजी प्रक्रिया अघि बढाउने भन्दै सोही अनुरूप प्रक्रया अघि बढाएको विभागको भनाइ छ।

खारेजीको प्रक्रियामा आउने कुनै पनि सहकारीले सबैभन्दा पहिले उक्त सहकारीमा रकम बचत गर्ने बचतकर्ताको यकिन हुनुपर्ने, आर्थिक कारोबार पनि यकिन हुनुपर्ने जनाइएको छ। कामपाले दुई महिनाअघि नै सूचनामार्फत तोकिएको समयमा प्रतिवेदन पेस नगर्ने र साधारणसभा नगर्ने सहकारीलाई निष्क्रिय घोषणा गरी कानुनी कारबाही गरिने चेतावनी पनि दिइसकेको छ। हाल कामपामा एक हजार ९०० सहकारी छन्।  जसमा सबैभन्दा बढी बचत तथा ऋया सहकारी रहेको कामपाले जानकारी दिएको छ।

प्रकाशित: २५ फागुन २०८२ १५:४८ | Monday, March 9, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast