युद्धमा इरानका संग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षति ग्रस्त

हिमाल प्रेस ३० फागुन २०८२ १६:२७ | Saturday, March 14, 2026
8
SHARES
युद्धमा इरानका संग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षति ग्रस्त

काठमाडौँ– इरानको पर्यटन मन्त्रालयले हाल पश्चिम एसिया युद्ध १५ औँ दिनमा प्रवेश गरेको उल्लेख गर्दै युद्धका कारण देशभरका कम्तीमा ५६ वटा संग्रहालय तथा ऐतिहासिक स्थलहरू क्षतिग्रस्त भएको जनाएको छ।

तेहरानमा, अमेरिका–इजरायली आक्रमणले द्वन्द्वको प्रारम्भिक दिनहरूमा युनेस्कोमा सूचीबद्ध गोलेस्तान दरबारलाई क्षति पुगेको स्थानीय मिडियाले जनाएको छ।

दरबार परिसर इरानी राजधानीको सबै भन्दा पुरानो स्थलहरू मध्ये एक हो भने परापुर्व कालमा कजार वंशको निवासको रूपमा रहेको थियो।

तेहरानमा सबै भन्दा धेरै क्षतिग्रस्त स्मारकहरू रेकर्ड गरिएको जनाइएको छ।

मध्य इरानी सहर इस्फहानमा रहेको १७ औँ शताब्दीको वास्तुकलाको गहना युद्धका कारण ‘नघ्स–ए जहाँ स्क्वायर’ पनि क्षतिग्रस्त भएको जनाइएको छ।

युद्धले बुशहर प्रान्तको सिराफ बन्दरगाहमा, शताब्दीयौँ पुराना भवनहरूको र ऐतिहासिक घरहरू प्रभावित भएको बताइएको छ।

संयुक्त राष्ट्रसंघको सांस्कृतिक एजेन्सी युनेस्कोलेसमेत इरान, इजरायल र लेबनानका सयौं ऐतिहासिक स्थलहरू युद्धबाट क्षतिग्रस्त वा खतरामा परेकोमा चिन्तित रहेको एएफपीले बताएको छ।

प्रकाशित: ३० फागुन २०८२ १६:२७ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast