नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन चैतमा

हिमाल प्रेस २९ फागुन २०८२ २०:३० | Friday, March 13, 2026
10
SHARES
नेपाल आदिवासी जनजाति महासंघको महाधिवेशन चैतमा

काठमाडौँ– नेपाल आदिवासी जनजाति महासंघको ११औँ राष्ट्रिय महाधिवेशन आगामी चैत ५ र ६ गते काठमाडौँमा हुने भएको छ।

महासंघद्वारा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा महाधिवेशन आयोजक समिति संयोजक गेल्जे लामा शेर्पाले यो जानकारी दिएका हुन्।

उनका अनुसार महाधिवेशनको राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा नेपाल प्रज्ञा प्रतिष्ठान कमलादीमा उद्घाटन समारोह हुने र चैत ६ गते स्वयम्भू स्टार ब्याङ्क्वेटमा बन्दसत्र सञ्चालन हुनेछ।

‘प्राकृतिक स्रोत जल, जमिन र जंगलमाथि आदिवासी जनजातिको अधिकार सुनिश्चित गर, प्राचीन सभ्यता र ऐतिहासिक पृष्ठभूमिको पहिचानको आधारमा प्रदेशहरूको पुनः नामांकन गर’ भन्ने महाधिवेशनको मूल नारा रहने आयोजकले जनाएको छ।

प्रकाशित: २९ फागुन २०८२ २०:३० | Friday, March 13, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 2 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast