धनुषा १ : किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका सांसद कायमै

हिमाल प्रेस १ चैत २०८२ १८:२८ | Sunday, March 15, 2026
38
SHARES
धनुषा १ : किशोरी साहको रिटमा सर्वोच्चले दिएन अन्तरिम आदेश, मातृका सांसद कायमै सर्वोच्च अदालत। फाइल तस्बिर

काठमाडौँ- धनुषा क्षेत्र नं. १ का रास्वपा उम्मेदवार किशोरी साह कमलले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। न्यायाधीशद्वय विनोद शर्मा र मेघराज पोखरेलको इजलासले यस्तो आदेश दिएको हो।

कर्जा सूचनाको केन्द्रको कालोसूचीमा नाम रहेको भन्दै उजुरी परेपछि आयोगले साहको उम्मेदवारी खारेज गर्ने निर्णय गरेको थियो। सो विरुद्ध साहले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए।

तर अदालतले अन्तरिम आदेश नदिएपछि आयोगको निर्णय नै सदर भएको छ। आयोगले धनुषा १ मा नेकपाका उम्मेदवार मातृकाप्रसाद यादवलाई निर्वाचित भएको प्रमाणपत्र दिइसकेको छ।

प्रकाशित: १ चैत २०८२ १८:२८ | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

two × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast