सबै क्षेत्रमा मतगणना सुरु, ५८ क्षेत्रको परिणाम सार्वजनिक

हिमाल प्रेस २३ फागुन २०८२ १७:५१ | Saturday, March 7, 2026
12
SHARES
सबै क्षेत्रमा मतगणना सुरु, ५८ क्षेत्रको परिणाम सार्वजनिक

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत देशका सबै १६५ क्षेत्रमै पहिलो हुने निर्वाचित हुनेतर्फको मतगणना सुरु भएको छ।

निर्वाचन आयोगका अनुसार उच्च हिमाली क्षेत्रका मतपेटिका हेलिकप्टरबाट ढुवानी गर्न मौसमले साथ नदिएपछि केही क्षेत्रको मतगणना सुरु गर्न ढिलाइ भएको थियो।

पछिल्लोपटक हेलिकप्टरबाट ढुवानी गरिएका सङ्खुवासभा र गोरखाको मतगणना आज बिहानदेखि सुरु भइसकेको छ।

यसैगरी मुगुमा मानिसले बोकेर मतपेटिका ढुवानी गरेपछि दिउँसो ४:०० बजेदेखि सुरु भएको आयोगका सहायक प्रवक्ता कुलबहादुर जिसीले जानकारी दिए।

सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयले ५८ क्षेत्रमा मतगणना सकिएको भनी आयोगको प्रणालीमा तथ्यांक प्रविष्टि भएको उनले जानकारी दिए।

आयोगको प्रणालीमा सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रविष्टि गर्न प्राविधिक समस्याका कारण केही ढिलाइ समेत हुने गरेको छ।

प्रत्यक्षतर्फ मतगणना सकिएका क्षेत्रमा समानुपातिकमा पनि गणना सुरु भएको छ। समानुपातिकतर्फ हालसम्म तीन लाख ७० हजार मतगणना भई त्यसको विवरण आयोगको प्रणालीमा प्रविष्टि भएको सहायक प्रवक्ता जिसीले जानकारी दिए।

प्रत्यक्षतर्फ आइतबार बेलुकीसम्म १६५ वटै निर्वाचन क्षेत्रको मत परिणाम सार्वजनिक हुने गरी गणना भइरहेको आयोगले जनाएको छ।

प्रकाशित: २३ फागुन २०८२ १७:५१ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast