कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार, समानुपातिक उम्मेदवार छान्ने

हिमाल प्रेस ३० फागुन २०८२ १२:२२ | Saturday, March 14, 2026
कांग्रेसको कार्यसम्पादन समितिको बैठक आइतबार, समानुपातिक उम्मेदवार छान्ने

काठमाडौँ- नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्ने भएको छ । बैठक दिउँसो १ बजे ललितपुरस्थित केन्द्रीय कार्यालयमा बस्ने तय भएको छ। पार्टीका कावा मुख्य सचिव कृष्णप्रसाद दुलालद्वारा जारी सूचनाअनुसार उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई उपस्थित हुन अनुरोध गरिएको छ।

बैठकमा समानुपातिक बन्दसूचीमा रहेका उम्मेदवारहरूमध्ये दलले प्राप्त गरेको सिट संख्याका आधारमा निर्वाचन आयोगमा पठाइने प्रतिनिधिसभा सदस्य छनोटसम्बन्धी प्रस्तावमाथि छलफल तथा निर्णय हुने जनाइएको छ।

पार्टीले प्राप्त गरेको समानुपातिक सिटअनुसार प्रतिनिधि सभा सदस्यको नाम टुंग्याएर आयोगमा सिफारिस गर्ने तयारीका लागि बैठक बोलाइएको बताइएको छ।

प्रकाशित: ३० फागुन २०८२ १२:२२ | Saturday, March 14, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast