काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ अन्तरगत इलाम–१ मा मतगणना जारी रहँदा हालसम्म रोचक प्रतिस्पर्धा देखिएको छ । यस क्षेत्रमा नेपाली कांग्रेस र श्रम संस्कृति पार्टीबिच कडा टक्कर देखिएको हो ।
पछिल्लो मत परिणाममा कांग्रेसले अग्रता केही बढाएको छ। कांग्रेसका निश्कल राईले १२ हजार १३० मत ल्याउँदा श्रम संस्कृति पार्टीका विनोद नेम्वाङ लिम्बुले ११ हजार ५९१ मत ल्याएका छन् । दुईबिचको अन्तर ५३९ मत पुगेको छ। लिम्बुलाई सूर्योदय ८ मा केही धक्का लागेको थियो।
नेकपा एमालेका काजीमान कागतेले १० हजार ९०५ तथा राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार ९३६ मत प्राप्त गरेका छन्। नेपाली कम्युनिस्ट पार्टीका रणबहादुर राई ६ हजार ३५७ मतसहित पाँचौँ स्थानमा छन्।
प्रकाशित: २५ फागुन २०८२ ९:५७ | Monday, March 9, 2026
प्रतिक्रिया





