बालेनको फराकिलो अग्रता, ३ हजार मतगणना हुन बाँकी

हिमाल प्रेस २३ फागुन २०८२ १८:०० | Saturday, March 7, 2026
10
SHARES
बालेनको फराकिलो अग्रता, ३ हजार मतगणना हुन बाँकी

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ मा मतगणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन्द्र शाह (बालेन) ले फराकिलो अग्रता कायम गरेका छन्।

पछिल्लो विवरण अनुसार झापा-५ मा कुल १ लाख ६ हजार ३७२ मत खसेकोमा हालसम्म १ लाख ३ हजार ३७५ मत गणना भइसकेको छ। ३ हजार मतगणना गर्न बाँकी रहेको छ।

हालसम्मको मतपरिणाम अनुसार रास्वपाका उम्मेदवार शाहले ६६ हजार २०० मत प्राप्त गर्दै अग्रता लिएका छन्। नेकपा एमालेका उम्मेदवार केपी शर्मा ओलीले १८ हजार ९५ मत पाएका छन्।

प्रकाशित: २३ फागुन २०८२ १८:०० | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast