ओलीलाई ४९ हजार बढी मतान्तरले हराउँदै बालेन निर्वाचित

हिमाल प्रेस २३ फागुन २०८२ १८:१६ | Saturday, March 7, 2026
68
SHARES
ओलीलाई ४९ हजार बढी मतान्तरले हराउँदै बालेन निर्वाचित

काठमाडौँ- प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत झापा-५ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) निर्वाचित भएका छन्।

काठमाडौँ महानगरपालिकाका पूर्वनगरप्रमुखसमेत रहेका शाहले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।

शाहले ६८ हजार ३४८ मत ल्याउँदा ओली १८ हजार ७३४ मै सीमित भए। ओलीलाई शाहले ४९ हजार ६१४ मतले पराजित गरेका हुन्।

०७९ को प्रतिनिधिसभा निर्वाचनमा कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीलाई २८ हजार ५ सय ७६ मतान्तरले ओलीले पराजित गर्दै विजयी भएका थिए।

प्रकाशित: २३ फागुन २०८२ १८:१६ | Saturday, March 7, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

2 × 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast