सुर्खेत- कर्णाली प्रदेशमा साढे २ बजेसम्म ४१ प्रतिशत मत खसेको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि हालसम्म प्रदेशका १२ निर्वाचन क्षेत्रमा कुल १० लाख ३७ हजार २५० मतदाता मध्ये ४ लाख २४ हजार ७५५ मत खसेको प्रदेश निर्वाचन कार्यलय सुर्खेतले जनाएको छ।
सुर्खेत क्षेत्र १ मा ३८. ७२ प्रतिशत र क्षेत्र २ मा ४३.१५ प्रतिशत, दैलेख क्षेत्र १ मा ३४.७४ प्रतिशत र क्षेत्र २ मा २९.२२ प्रतिशत, जाजरकोटमा ४४.६७ प्रतिशत, सल्यानमा ३८.४१ प्रतिशत, रुकुम पश्चिममा ५०.६१ प्रतिशत, कालीकोटमा ३०.४२ प्रतिशत, जुम्लामा ४४.२६ प्रतिशत, मुगुमा ५५.२९ प्रतिशत, डोल्पामा ५३.३१ प्रतिशत र हुम्लामा ४८.८३ प्रतिशत मतदान भएको छ।
प्रदेशभर बिहान ७ बजेदेखि हालसम्म मतदान मतदान प्रक्रिया शान्तिपूर्ण रूपमा जारी भइरहेको जनाइएको छ।
प्रकाशित: २१ फागुन २०८२ १५:०२ | Thursday, March 5, 2026
प्रतिक्रिया





