कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते

हिमाल प्रेस १ चैत २०८२ १९:१० | Sunday, March 15, 2026
14
SHARES
कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते सांकेतिक तस्बिर।

कञ्चनपुर- कञ्चनपुरमा कुकुरको टोकाइबाट एकैदिन १७ जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज (आइतबार)  भीमदत्त नगरपालिका–४ स्थित बजारका विभिन्न स्थानमा कुकुरको टोकाइबाट १७ जना घाइते भएका हुन्।

प्रहरी नायव उपरीक्षक  हेमबहादुर शाहीले घाइतेहरूको महाकाली प्रादेशिक अस्पताल महेन्द्रनगरमा उपचार भइरहेको जानकारी दिए।

उक्त कुकुरलाई नियन्त्रणमा लिएर भेटेरीनरी अस्पतालमा बुझाइएको प्रहरीले जनाएको छ।

प्रकाशित: १ चैत २०८२ १९:१० | Sunday, March 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty + 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast