काठमाडौँ- नेकपा एमालेको सचिवालय बैठक आज (शनिबार) बस्दैछ। बैठक अध्यक्ष केपी शर्मा ओलीको निवास गुण्डुमा दिउँसो १ बजेका लागि बोलाइएको हो ।
बैठकमा समानुपातिक सूचीबाट सांसद छान्ने विषयमा छलफल हुनेछ। निर्वाचन आयोगले समानुपातिक सूचीमा रहेको सूचीबाट सांसद चयनको सिफारिसका लागि आइतबारसम्मको समय दिएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली यतिबेला शोकमा छन्। शुक्रबार बुवा मोहनप्रसादको निधनपछि उनी शोकमा भएकाले गुण्डुमै बैठक बोलाइएको नेताहरूले बताएका छन्।
प्रकाशित: ३० फागुन २०८२ ९:११ | Saturday, March 14, 2026
प्रतिक्रिया





