मधेशमा आज सार्वजनिक बिदा

हिमाल प्रेस १८ माघ २०८२ ६:४६ | Sunday, February 1, 2026
4
SHARES
मधेशमा आज सार्वजनिक बिदा

काठमाडौँ- मधेश प्रदेश सरकारले आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ। रविदास जयन्ती (माघ पूर्णिमा)का अवसरमा आइतबार सार्वजनिक बिदा दिने निर्णय भएको मधेश प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता राधेशंकर प्रसाद पालले जानकारी दिए।

मधेसमा दलित तथा सीमान्तकृत समुदायले रविदास जयन्ती मनाउने गरेका छन्। रविदास जयन्ती मनाउने समुदायको सम्मानस्वरुप सार्वजनिक बिदा दिने निर्णय गरिएको मधेश सरकारले जनाएको छ।

प्रकाशित: १८ माघ २०८२ ६:४६ | Sunday, February 1, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

sixteen − 9 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast