काठमाडौँ- नेपाल प्रहरीका पूर्वडीआइजी गणेश केसी राप्रपामा प्रवेश गरेका छन्। पार्टी प्रवक्ता मोहन श्रेष्ठका अनुसार अध्यक्ष राजेन्द्र लिङ्देनले केसीलाई पार्टीको सदस्यता प्रदान गरी स्वागत गरेका हुन्।
केसी ललितपुर क्षेत्र नम्बर २ का बासिन्दा हुन्। निर्वाचनको नजिकै केसीको राप्रपा प्रवेशले त्यस क्षेत्रमा पार्टी थप मजबुत हुने दाबी राप्रपाले गरेको छ।
प्रकाशित: २० माघ २०८२ ११:५८ | Tuesday, February 3, 2026
प्रतिक्रिया



