उम्मेदवार बनेपछि बाबु गुमाएका विनोद ढकाल, कोराबाटै सम्झे मतदाता

हिमाल प्रेस ३ फागुन २०८२ ७:१४ | Sunday, February 15, 2026
14
SHARES
उम्मेदवार बनेपछि बाबु गुमाएका विनोद ढकाल, कोराबाटै सम्झे मतदाता विनोद ढकाल।

काठमाडौँ- नेकपा एमालेका नेता एवं मोरङ क्षेत्र नम्बर ६ का प्रतिनिधिसभा सदस्य उम्मेदवार विनोद ढकालले कोराबाटै आफू मतदाताको सँगै रहेको बताएका छन्।

निर्वाचनको प्रचारप्रसारकै क्रममा ढकालका बुवाको निधन भएपछि ढकालले आइतबार भिडियो सन्देश जारी गर्दै आफू मतदाताकै बीचमा रहेको र मतदातासँग आउन नपाए पनि नेकपा एमालेका कार्यकर्ताहरु घरदैलोमा आइपुग्ने बताएका छन्। ‘म मतदाता बीचमै छु, र मन मतदातासँगै छ,’ उनले भने, ‘अहिलेको परिस्थितिपछि म तपाईँहरू बीचमा आएर सुझावहरु लिने नै छु।’

नेता ढकालले आफूले ६ नम्बर क्षेत्रका समस्याहरू बुझेको र ती सबै समस्यालाई समाधान गर्ने तर्फ क्रियाशील रहने बताएका छन्। मोरङ क्षेत्र नम्बर ६ मा नेपाली कांग्रेसका नेता शेखर कोइराला निर्वाचनमा उम्मेदवार छन्। उनलाई पराजित गर्ने गरी विनोद ढकाल मैदानमा उत्रिएका छन्। नेकपा एमालेभित्र आफ्ना आवाजलाई बुलन्द पार्ने नेताको रुपमा चिनिएका ढकाल स्थानीय कार्यकर्ता र जनताबीच लोकप्रिय नेताका रुपमा परिचित छन्।

गत बिहीबार उनका बुवा विष्णुप्रसाद ढकालको विराटनगर महानगरपालिका–५ स्थित आफ्नै निवासमा निधन भएको हो।

प्रकाशित: ३ फागुन २०८२ ७:१४ | Sunday, February 15, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast