जेनजी प्रदर्शनका क्रममा २५९९ जना घाइते भए : स्वास्थ्य मन्त्रालय

हिमाल प्रेस ५ फागुन २०८२ ७:०७ | Tuesday, February 17, 2026
जेनजी प्रदर्शनका क्रममा २५९९ जना घाइते भए : स्वास्थ्य मन्त्रालय

काठमाडौँ- जेनजी प्रदर्शनका क्रममा घाइते भएका दुई सय जनाको वर्गीकरण गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले हालसम्म २ सय जना घाइतेको वर्गीकरण विवरण प्राप्त भएको बताए ।

कात्तिक र मंसिर १८३ जना, पुसमा १६ र माघमा एक जनाको मात्र वर्गीकरण भएको उनले जानकारी दिए। ‘जिल्ला प्रशासन कार्यालयले जेनजी प्रदर्शनका क्रममा घाइते भएको विवरण पठाउनुपर्ने हो, तर कार्यालयले पटकपटक सूचना जारी गर्दा पनि घाइते सम्पर्कमा आएनन् भनेर जानकारी दियो । त्यसैले वर्गीकरणको सङ्ख्या धेरै भएन’, प्रवक्ता बुढाथोकीले भने।

उगले सम्पर्कमा नआएपछि घाइतेको वर्गीकरण र नयाँ घाइतेको विवरण संकलन गर्ने कार्य निश्चित अवधि तोकेर अगाडि बढाइने जानकारी दिए। जेनजी प्रर्दशनका क्रममा धेरै जना घाइते भए पनि सामान्य घाइते भएकालाई केही सुविधा उपलब्ध नहुने भएकाले पनि सम्पर्कमा नआएको हुनसक्ने बुढाथोकीको बुझाइ छ।

उनका अनुसार जेनजी प्रदर्शनका क्रममा दुई हजार ५९९ जना घाइते रहेको मन्त्रालयको तथ्यांक छ। रासस

प्रकाशित: ५ फागुन २०८२ ७:०७ | Tuesday, February 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

6 + nineteen =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast