२०७९ को चुनावमा ओलीसँग भिडेका युग पाठक नेकपामा

हिमाल प्रेस १० माघ २०८२ ११:०१ | Saturday, January 24, 2026
174
SHARES
२०७९ को चुनावमा ओलीसँग भिडेका युग पाठक नेकपामा

काठमाडौँ- लेखक एवं राजनीतिक विश्लेषक युग पाठक नेपाली कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । शनिवार नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को निवास पुगेर पाठक पार्टी प्रवेश गरेका हुन्। पाठकलाई सह–संयोजक माधवकुमार नेपाललगायतका नेताले खादामालासहित पार्टीमा भित्र्याएका छन्।

पाठकलाई भित्र्याउँदा नेकपाका अन्य नेताहरू वेदुराम भुसाल, प्रमेश हमाल, रञ्जिता श्रेष्ठ लगायत उपस्थित थिए। पाठक गत प्रतिनिधिसभाको निर्वाचनमा झापा– ५ मा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग ‘पुतली’ चुनाव चिह्न लिएर प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित: १० माघ २०८२ ११:०१ | Saturday, January 24, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

17 − 3 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast