रविको मुद्दा फिर्ता लिने निर्णयको विरोधमा युवा संघको प्रदर्शन

हिमाल प्रेस ३ माघ २०८२ १८:१७ | Saturday, January 17, 2026
26
SHARES
रविको मुद्दा फिर्ता लिने निर्णयको विरोधमा युवा संघको प्रदर्शन

काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेलाई संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिएको भन्दै नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपालले काठमाडौँमा विरोध प्रदर्शन गरेको छ।

लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति सुद्धिकरणसम्बन्धी मुद्दा फिर्ता लिने निर्णयप्रति गम्भीर आपत्ति जनाउँदै युवा संघले शनिबार काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन गरेका हो।

गैरकानुनी, अनैतिक र दण्डहीनतालाई प्रश्रय दिने काम स्वीकार्य नहुने भन्दै प्रदर्शन गरिएको युवा संघले जनाएको छ।

प्रदर्शनमा सहभागीहरुले ‘दलालको राज भो, देशलाई अति लाज भो, न्यायाधीशको राजमा, कानुन जल्यो साँझमा, गलत निर्णय फिर्ता ले’ लगायत लेखिएका प्लेकार्ड प्रदर्शन गरेका थिए।

राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष महाराज गुरुङले संगठित अपराध तथा सम्पत्ति शुद्धिकरणजस्ता जघन्य अपराधमा उन्मुक्ति दिने कदम दण्डहीनताको पराकाष्ठा भएकोले विरोध गरिएको बताए। त्यस्तै अन्य ठूला प्रकरणमा पनि सरकारको ध्यान जान नसकेको र सेटिङमा चल्न थालेको उनले आरोप लगाए।

उनले नागरिक सरकारले पनि जनताले ठग्ने काम गरेको भन्दै गलत काम नरोकिए देशैभर आन्दोलन गर्ने चेतावनी दिए।

प्रकाशित: ३ माघ २०८२ १८:१७ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

twenty − five =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast