रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयप्रति आक्रोशित बन्यो युवा संघ, विरोध प्रदर्शन गर्ने उद्घोष

हिमाल प्रेस ३ माघ २०८२ ९:५९ | Saturday, January 17, 2026
178
SHARES
रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयप्रति आक्रोशित बन्यो युवा संघ, विरोध प्रदर्शन गर्ने उद्घोष

काठमाडौँ- राष्ट्रिय युवा संघ नेपालले सरकारले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध दायर संगठित अपराध र सम्पत्ति सुदृढीकरण सम्बन्धी मुद्दा फिर्ता लिने निर्णय गरेकोप्रति गम्भीर आपत्ति जनाएको छ।

संघका अध्यक्ष क्षितिज थेबेले सामाजिक सन्जालमा लेख्दै भनेका छन कि उक्त निर्णयलाई गैरकानुनी, अनैतिक र दण्डहिनतालाई प्रश्रय दिने कार्यको संज्ञा दिँदै सरकारलाई यस्तो कदम नचाल्न कडा चेतावनी दिएका छन्।

संघका प्रवक्ता निरोज पौडेलका अनुसार फौजदारी कार्यविधि संहिता, २०७४ ले गम्भीर प्रकृतिका फौजदारी मुद्दा फिर्ता लिन नमिल्ने स्पष्ट व्यवस्था गरेको स्मरण गराइएको छ। तर सोही मुद्दामा संलग्न अन्य ४४ जनाको अभियोजन यथावत राख्दै केवल रवि लामिछानेको मात्र मुद्दा फिर्ता लिनु नीतिगत भ्रष्टाचारको ज्वलन्त उदाहरण भएको संघको आरोप छ।

“एउटै मुद्दामा संलग्न अन्य सबै अभियुक्तमाथि कारबाही जारी रहँदा एक व्यक्तिलाई मात्र उन्मुक्ति दिनु सरकारको नियतमाथि गम्भीर प्रश्न खडा गर्ने विषय हो,” पौडेलले भनेका छन।

संघले यस प्रकरणमा नागरिक समाज र हिजो यही विषयमा चर्को आवाज उठाउने चर्चित व्यक्तिहरूको मौनताप्रति समेत प्रश्न उठाएको छ। ‘यस अवस्थामा नागरिक समाजको आवाज किन बन्द छ? हिजो बोलेका व्यक्तिहरू आज किन मौन छन्? थेबेले उल्लेख गरिएको छन्।

यसै सन्दर्भमा राष्ट्रिय युवा संघ नेपालले माघ ३ गते दिउँसो ३ बजे काठमाडौँको नयाँ बानेश्वरमा विरोध प्रदर्शन आयोजना गर्ने घोषणा गर्दै सहभागी हुन सबैलाई आह्वान गरेको छ।

प्रकाशित: ३ माघ २०८२ ९:५९ | Saturday, January 17, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

12 − eight =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast