योगेश भट्टराईले गरे गगन–विश्वको प्रशंसा

हिमाल प्रेस २८ पुष २०८२ ६:३२
20
SHARES
योगेश भट्टराईले गरे गगन–विश्वको प्रशंसा

काठमाडौँ- नेकपा एमालेका उपमहासचिव योगेश भट्टराईले नेपाली कांग्रेसभित्र महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले धेरै काम गरेको बताएका छन् ।

महामन्त्रीद्वयले विशेष महाधिवेशन आयोजना गरेपछि भट्टराईको यस्तो भनाइ आएको हो । आइतबार सामाजिक सञ्जाल फेसबुकमा लेख्दै भट्टराईले भने,’हामीले बोल्यौँ,केही गर्‍यौँ । तपाईँहरूले बोल्नुभयो ,हामीभन्दा धेरै गर्नुभयो । सलाम मित्रहरू।’

आजदेखि भृकुटीमण्डपमा सुरु भएको विशेष महाधिवेशनमा सोमबार बिहान १० बजेदेखि बन्दसत्र सुरु हुनेछ ।

यसअघि एमालेको ११औँ महाधिवेशनमा ईश्वर पोखरेल समूहले केपी शर्मा ओली समूहसँग प्रतिस्पर्धा गरेको थियो । अध्यक्षमा ओलीसँग पोखरेल पराजित हुँदा उपमहासचिवमा पोखरेल समूहबाट योगेश भट्टराई,गोकर्ण विष्ट लगायतले जीत निकालेका थिए ।

भट्टराईको यो भनाइलाई एमालेभित्र संस्थापन पक्षभन्दा बाहिरबाट नेतृत्वको आलोचना र खबरदारी गर्ने सन्दर्भमा बुझिन्छ । उनले एमालेमा आफूहरूले संस्थापनविरुद्ध केही मात्र गर्न सकेको तर नेपाली कांग्रेसका नेताहरूले संस्थापनविरुद्ध धेरै काम गरेको अर्थ लगाएका छन् ।

प्रकाशित: २८ पुष २०८२ ६:३२

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three + 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast