वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

हिमाल प्रेस २८ पुष २०८२ ६:२९ | Monday, January 12, 2026
18
SHARES
वामपन्थी शक्तिबीच ध्रुवीकरणका लागि नेकपा बनाएका हौँ : प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रको स्वाधीनता र स्वतन्त्रतालाई कायम राख्न जनताको एकता आवश्यक रहेको बताएका छन्।

पार्टी केन्द्रीय कार्यालयमा आइतबार आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै उनले देशभरिका सबै देशभक्त नेपालीबीच एकता कायम गर्नुपर्नेमा जोड दिए। राष्ट्रको आत्मसम्मान, पहिचान र अधिकार सुदृढ गर्नका लागि सबै नेपाली एकजुट हुनुपर्ने उनको भनाइ थियो।

पूर्वप्रधानमन्त्री समेत रहेका दाहालले वामपन्थी शक्तिबीच ध्रुवीकरण गर्ने उद्देश्यले नै नेपाली कम्युनिस्ट पार्टी गठन गरिएको दाबी गरे।

सोही कार्यक्रममा पार्टीका सहसंयोजक तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले मुलुकमा प्राप्त राजनीतिक उपलब्धिलाई संरक्षण गर्नुपर्ने बताए। उनले उपलब्धि जोगाउन लोकतन्त्रवादी शक्ति र बाँकी रहेका वामपन्थीहरूलाई पनि मिलाएर लैजानुपर्ने धारणा राखे । रासस

प्रकाशित: २८ पुष २०८२ ६:२९ | Monday, January 12, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 + two =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast