काठमाडौँ- नेकपा एमाले दैलेख २ को प्रतिनिधि सभा उम्मेद्वारको छनौटका लागि मतदान भएको छ। शनिबार भएको मतदानमा एमाले केन्द्रीय सदस्य विष्णु रिजालले सबैभन्दा बढी मत अर्थात ६७ मत ल्याएका छन्। उक्त क्षेत्रमा चारजना पुरुष आकांक्षी थिए।
रिजालसँगै अर्का केन्द्रीय सदस्य लक्ष्मी पोखरेल, राजबहादुर शाही र कर्णाली प्रदेशका पूर्व सभामुख राजबहादुर बुढा पनि प्रतिस्पर्धामा थिए।
निर्वाचनमा ६६ मत सहित पोखरेल दोस्रो, ६१ मत सहित शाही तेस्रो र ५१ मत सहित बुढा चौथो स्थानमा आएको थियो। आगामी फागुन २१ मा तोकिएको प्रतिनिधिसभा निर्वाचनका लागि एमालेले देशभरबाट उम्मेदवार छनोट गरिरहेको छ।
प्रकाशित: २० पुष २०८२ ७:०६
प्रतिक्रिया



