एमाले प्रचार विभाग प्रमुखको आह्वान : ओलीलाई देशको आइकन बनाऊँ

हिमाल प्रेस १ माघ २०८२ ७:१४
6
SHARES
एमाले प्रचार विभाग प्रमुखको आह्वान : ओलीलाई देशको आइकन बनाऊँ

काठमाडौँ- नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार तथा प्रकाशन विभागका संयोजक मीनबहादुर शाहीले अध्यक्ष केपी शर्मा ओलीलाई देशको आइकनको रुपमा स्थापित गर्नुपर्ने बताएका छन्। प्रेस चौतारी नेपालले गरेको स्वागत कार्यक्रममा बोल्दै शाहीले कुनै पनि विषयमा भाष्य निर्माण गर्ने काममा मिडियाको भूमिका महत्त्वपूर्ण रहेको बताए। आगामी निर्वाचनमा देश बनाउने र देश जलाउनेको प्रतिष्पर्धा हुने बताए।

शाहीले कुनै पनि राजनीतिक दल नयाँ र पुरानो नहुने बताए। ‘राजनीतिक इतिहास भएका दलहरु पुराना हुदैनन् । उनीहरुले नयाँ नेतृत्व बिचार दिन सके कि सकेनन् भन्ने कुरा महत्त्वपूर्ण हो’ शाहीले भने, ‘हालै स्थापना भएका दललाई नयाँ भनेर नहुने उनीहरुको विचार र सिद्धान्तले के भन्छ भन्ने महत्त्वपूर्ण कुरा हो ।’ नयाँ भनिएकाहरुले कानुन हातमा लिएर दुरुपयोग गरिएको बताए।

कांग्रेस फुटको संघारमा रहेको बेला शाहीले यसलाई लोकतन्त्रलाई कमजोर पार्ने बताए। यस फुटले राष्ट्रिय सभामा कांग्रेस एमाले गठबन्धनलाई असर नगर्ने शाहीले बताए।

प्रकाशित: १ माघ २०८२ ७:१४

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 1 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast