एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै, चुनाव हारेका र पाकालाई व्यवस्थापन गर्ने तयारी

हिमाल प्रेस २६ पुष २०८२ ६:३४ | Saturday, January 10, 2026
16
SHARES
एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदै, चुनाव हारेका र पाकालाई व्यवस्थापन गर्ने तयारी

काठमाडौँ- नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुने भएको छ । ११औँ राष्ट्रिय महाधिवेशनपछि पुस ४ गते बसेको पहिलो केन्द्रीय कमिटीले नै दोस्रो केन्द्रीय कमिटी बैठक बस्ने मिति पुस २६,२७ र २८ गतेलाई तय गरेको थियो ।

सोही निर्णयअनुसार आजदेखि दोस्रो केन्द्रीय कमिटी बैठक बस्न लागेको एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए । अधिकारीका अनुसार केन्द्रीय कमिटी बैठक ललितपुरको मेजेस्टिक ग्रेन्ड पार्टी पार्टी प्यालेसमा बिहान ११ बजेबाट सुरु हुने छ ।

बैठकमा आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन तयारीका विषयमा छलफल हुनेछ । यसअघि सचिवालयले प्रदेश संयोजनको जिम्मेवारीसहित जिल्ला संयोजनको काम टुङ्ग्याएकाले तीसँग सम्बन्धित विषय अनुमोदन हुने बताइएको छ ।

एमालेले पार्टी उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ को नेतृत्वमा निर्वाचन परिचालन समिति, अध्यक्ष केपी शर्मा ओलीकै नेतृत्वमा घोषणा पत्र मस्यौदा समिति बनाइसकेको छ।

यसका अतिरिक्त एमालेले अघिल्लो केन्द्रीय कमिटी बैठकले पार्टीमा चुनाव हारेका, पाका र कार्यकारी भूमिकाबाट अलग भएकाहरूसमेत समेटेर केन्द्रीय सल्लाहकार परिषद् गठन गर्ने सैद्धान्तिक निर्णय गरेको छ। केन्द्रीय समितिले उक्त परिषद् गठन गर्नेछ।

प्रकाशित: २६ पुष २०८२ ६:३४ | Saturday, January 10, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

three × 5 =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast