एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेलको सहमति

हिमाल प्रेस ११ माघ २०८२ १६:०४ | Sunday, January 25, 2026
154
SHARES
एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टीबीच चुनावी तालमेलको सहमति

काठमाडौँ- नेकपा एमाले र प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोपा) बीच आसन्न प्रतिनिधिसभा निर्वाचनमा तालमेल गर्ने सहमति भएको छ। दुवै पार्टीबीच आज उक्त सहमति भएको हो।

सहमति अनुसार रुकुम पश्चिममा प्रलोपाका उम्मेदवार जनार्दन शर्मा र रुकुम पूर्वमा प्रलाेपाकै सन्दीप पुनको पक्षमा एमालेले आँखा चिन्हमा मतदान गर्ने भएको छ।

त्यसैगरी, कर्णाली प्रदेशका हुम्ला र जुम्लाबाहेकका सबै जिल्लाहरू तथा पुरानो राप्ती अञ्चलका जिल्लाहरूमा एमालेका उम्मेदवारको पक्षमा सूर्य चिन्हमा प्रलोपाले मतदान गर्ने सहमति भएको छ।

सहमति कार्यान्वयनका लागि दुवै पार्टीले आआफ्ना आन्तरिक पंक्तिलाई अविलम्ब निर्देशन दिने सहमति पनि गरेका छन्।

सहमति पत्रमा एमालेबाट उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ र प्रलोपाका अध्यक्ष दुर्गा सोबले हस्ताक्षर गरेका छन्।

प्रकाशित: ११ माघ २०८२ १६:०४ | Sunday, January 25, 2026

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

nine − six =


© Nepali horoscope

© Gold Price Nepal

© Nepal Exchange Rates
© Nepal weather forecast